सुनको मूल्य तोलामा ६३ हजार पुग्यो

काठमाडाैँ । सुनको मूल्य प्रतितोला ६३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएका छ।

आगामी आर्थिक वर्षको बजेट प्रश्तुत भएसंगै सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। सुनको मूल्य उकालो लाग्नुको मुख्य कारण बजेटमा बढाइएको भंसारकर भएको नेपाल सुनचाँदी रत्न तथा आभूषणका सभापति रमेश महर्जनको भनाइ छ।

बजेटयता सुन प्रतितोला ३ हजार ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघको तथ्यांकमा उल्लेख छ। चाँदीको मूल्य ७ सय २० रुपैयाँ पुगेको छ। चाँदीको मूल्यमा भने सामान्य उतारचढा देखिएको छ। हिजो ७ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री