काठमाडौं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत नगद रु. १० लाख राशीको पहिलो बम्पर उपहार अम्बिका न्यौपानेलाई प्रदान गरेको छ ।आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रवन्धक कृष्ण आचार्यले संयुक्त रुपमा उक्त चेक न्यौपानेलाई प्रदान गरेका हुन् ।
कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो । सेवाग्राही थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिका न्यौपानेलाई उक्त बम्पर उपहार प्रदान गरिएको हो ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।




