माछापुच्छ्रे बैंकको एकैसाथ २ शाखा विस्तार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो एकै चोटि  २ वटा  शाखा रहित बैकिङ्ग सेवा दाङको कालाकाँटे र सतबरीयामा संचालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा २ शाखा रहित बैकिङ्ग सेवा सञ्चालन गरेको हो ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ । त्यस्तै चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको बताएको छ ।

यूकेएड सक्षमको सहकार्यमा  २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने  बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री