भरतपुर विमानस्थलको धावनमार्ग मर्मतको काम तीव्र

चितवन । चितवनको भरतपुर विमानस्थलको धावनमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेको छ । विमानस्थलको धावमार्गमा पिच थप्ने र विमानको पार्किङ क्षेत्र विस्तारको काम तीव्र गतिमा अघि बढेको हो ।

त्यसका लागि दिउँसो केही समय उडान बन्द गरेर काम भइरहेको हो ।

हरेक दिन दिउँसो ३ बजेदेखि भोलिपल्ट बिहान ९ बजेसम्म विमानस्थल बन्द गरेर मर्मतको काम अघि बढाइएको भरतपुर नागरिक उड्डयन कार्यालयका उपप्रवन्धक एवम् सूचना अधिकारी दिपक विकले जानकारी दिए ।

जेठ १५ गतेदखि सुरु गरिएको निर्माणको काम असार १५ गतेभित्र सक्ने लक्ष्य कार्यालयले लिएको छ ।

९ करोड ९८ लाख रुपैयाँमा विमानस्थल मर्मत र विस्तारको काम भएको कामका लागि अहिले दैनिक ५० जनाभन्दा बढी मजदुर खटिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस