काठमाण्डौ उपत्यकाका नेवार समुदायले सिथी नखः पर्व मनाउँदै

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकाका नेवार समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन मनाउने सिथी नखः पर्व शनिबार मनाइँदैछ ।

विशेषगरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने यो पर्व लिच्छिवीकालीन समयदेखि नै सुरु भएको विश्वास छ । नेवार समुदायभित्र पनि हिन्दू तथा बौद्ध धर्मावलम्बीले समेत सिथी नखः पर्वलाई साझा संस्कृतिका रुपमा मनाउँदै आएका छन् ।

आजको दिनलाई भगवान महादेवको जेष्ठ पुत्र कार्तिकेय कुमारको जन्म भएको दिनको रुपमा पनि लिइन्छ । यस दिनलाई नेवार समुदायले दिगु पूजाको अन्तिम दिनको रुपमा पनि मनाउने गर्दछन् ।  संस्कृतिवद् मिलनरत्न शाक्यले लेख्नुभएको ‘मञ्जुश्री : कल्ट अफ् नेपाल मण्डल’ नामक पुस्तकमा कुमारलाई मञ्जुश्रीका रुपमा वर्णन गरेको पाइन्छ ।

यस दिनलाई चाडपर्वको अन्तिम दिनको स्वरुपमा आ–आफ्ना कूलदेवतालाइ पूजा गरेपछि मात्रै आफूले त्यस वर्षभित्र गरेको हरेक कामहरुले सिद्धि प्राप्त हुने र अन्य देवीदेवताको पूजाको फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास कायम छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after