पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न

काठमाडाैँ । पञ्चकन्या माई हाइड्रोपावरको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन र चालु आर्थिक वर्षको लागि लेखा परिक्षकको नियुक्ति गरेको छ ।

कम्पनीले इलाम जिल्लाको माइ खोलामा १२ मेगावाट क्षमताको अप्पर माई सी जल विद्युत आयोजना र ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी जल विद्युत आयोजना निर्माण सम्पन्न गरी उत्पादित विद्युत कम्पनीले निर्माण गरेको मावु–गोदक १३२ के.भी प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको गोदक सबस्टेशनको राष्ट्रिय विद्युत प्रणालीमा जोडिएको छ । उक्त साधारण सभाले रिक्त रहेको संचालकमा संस्थापक शेयर धनीको तर्फबाट उदिप श्रेष्ठ र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट टिका राम निरौला लाई निर्वाचित गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री