एनएमबी बैंकद्वारा वातावरण संरक्षण गर्न साइकलमा लगानी योजना

काठमाडाैँ । विश्व वातावरण दिवसका अवसरमा एनएमबी बैंकले एनएमबी भिजा प्लेटिनियम कार्ड र एनएमबी भिजा क्रेडिट कार्डमार्फत् मासिक किस्ताबन्दीमा भुक्तानी हुने गरी साइकलमा लगानीको नयाँ योजना सार्वजनिक गरेको छ।

योजनाको उद्देश्य ग्राहकहरूलाई यातायातका लागि साइकल चयन गर्नका लागि उत्प्रेरित गर्नु हो, जसका माध्यमबाट कार्बन उत्सर्जन कम गर्न र वातावरण संरक्षणमा मद्दत गर्न सकियोस्।

ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुज्को सदस्यका रूपमा बैंकलेको ‘मानव, समृद्धि र पृथ्वी’को सिद्धान्तलाई आफ्ना गतिविधि र सिद्धान्तलाई केन्द्रमा राखेर मूल्यमा आधारित बैंकिङमा जोड दिँदै आएको छ। वातावरण संरक्षण मूल्यमा आधारित बैंकिङको एक आधार हो, त्यसैले बैंक वातावरण संरक्षणमा सदैव सक्रिय भईरहन्छ।

बैंकले वातावरण दिवस मनाउने क्रममा देशभरि नै आफ्ना प्रादेशिक कार्यालयहरूमार्फत् विभिन्न कार्यक्रमहरूको आयोजना गर्यो। ती कार्यक्रमहरूमा बैंकको बबरमहलस्थित केन्द्रीय कार्यालयमा स्थापना गरिएको नेट मिटरिङमा आधारित प्रशारण प्रणालीसँग आवद्ध ५० किलोवाटको छानामा राखिने सौर्य ऊर्जा प्रणाली (सोलार रुफटप)को उद्घाटन पनि रहेको थियो।

सौर्य विद्युत् प्रणालीको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र (एईपीसी)का कार्यकारी निर्देशक मधुसूदन अधिकारी र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले संयुक्त रूपमा उद्घाटन गरे। एक महिनाको परीक्षणका अवधिमा सौर्य ऊर्जा प्रणालीले १०,००० युनिट विद्युत् उत्पादन गर्न सफल रह्यो, जसले समान अनुपातमा भारतबाट विद्युत् आयातलाई प्रतिस्थापन गर्न सक्यो। यो प्रणालीको स्थापनापछि सौर्य विद्युत् प्रणालीले बैंकको केन्द्रीय कार्यालयमा खपत हुनेमध्ये ७० प्रतिशत विद्युत् ऊर्जाको व्यवस्था गर्नेछ। नेट मिटरिङका लागि प्रणालीबाट अनुमति लिने क्रम जारी रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी बैंक २१० व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई समान रूपमा यस्तै छानामा राखिने सौर्य ऊर्जा प्रणालीका लागि सफलतापूर्वक लगानी गर्न सक्षम रहेको छ, जसले उनीहरूलाई नवीकरणीय ऊर्जाका स्रोतमा परिणत गर्न प्रोत्साहित गर्दछ।

यसैगरी, बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका मा १०० बिरुवाहरू रोपण गरेको छ। बैंकका शाखाहरुले देशभरी नै स्थानीय निकायहरूसँगको सहकार्यमा वृक्षारोपण कार्य सम्पन्न गरियो।

‘वातावरण संरक्षण विश्वव्यापी चिन्ताको विषय हो र सबै स्तरबाट ससाना प्रयासका माध्यमबाट नै भए पनि हामी वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न सक्छौं। विश्व वातावरण दिवस मनाउने क्रममा बैंकका तर्फबाट हाम्रा प्रयासहरू एनएमबी शून्य प्रदूषण ऋण योजना र यस्ता परियोजना सार्वजनिक गरेर यसमार्फत् परिवर्तनमा योगदान दिने हाम्रा प्रयास केन्द्रित गरेका छौं। हाम्रा प्रयासहरू केबल एक दिनमा मात्र सीमित हुँदैन्, हामी यसपछि पनि आफ्ना अभियान जारी राख्नेछौं,’ बैंकको विज्ञप्तिमा भनिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री