डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धन गर्न नेपाल क्लियरिङ हाउस र युकेएडबीच सहकार्य

काठमाडौं । नेपाल क्लियरिङ हाउसले र युकेएडको सक्षम – एक्सेस टु फाइनान्ससँग सहकार्य गरेको छ । क्लियरिङ हाउसले युकेएडको यस कार्यक्रमसँग कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली प्रवर्द्धन गर्न, नेसनल पेमेन्ट इन्टरफेस लागु गर्न तथा सेटलमेन्ट ग्यारेन्टि फन्ट विस्तार गर्न साझेदारी गरेको हो ।

यससम्बन्धि सम्झौतापत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र सक्षमका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।

यो साझेदारीले गर्ने कामले नेपाल भरिका बैंक वित्तिय संस्थालगायत तिनका ग्राहकहरु, सरकारी तथा अर्ध–सरकारी निकाय, कर्पोरेट, साना तथा मझौला कम्पनीहरु, पीएसपी–पीएसओ लगायतका विभिन्न लाभग्राही समूहलाई प्रभाव पार्ने विश्वास लिइएको छ ।

यस परियोजनाले देशव्यापी रूपमा पी–टु–पी, पी–टु–जी, जी–टु–पी, सी–टु–बीजस्ता कारोबारलाई वृद्धि गरी डिजिटल अर्थतन्त्रको निर्माण गर्ने सरकारी योजनालाई समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

क्लियरिङ हाउसले राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी प्रणाली विकास रणनीतिसँग मेल खाने गरी विभिन्न भुक्तानी प्रणालीको स्थापना तथा सञ्चालन गर्दै आएको छ ।

हाल रणनीतिक रुपमा त्यस्ता प्रणालीलाई समेत एकीकृत गर्ने, बैंक तथा वित्तीय संस्था तथा भुक्तानी क्षेत्रका सरोकारवालालाई डिजिटल भुक्तानी सेवा विस्तार गर्नको लागि आवश्यक मद्दत पुर्याउने रहेको हाएसका सीईओ प्रधानले बताए ।

उनले भने, “हाम्रो डिजिटल भुक्तानी सेवा विस्तार गर्न गरिएका पहलहरुका लागि आजको साझेदारीले मद्दत पुग्ने अपेक्षा गरेका छौं ।”

सक्षमले यो सहकार्यबाट नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकासलाई, बैंक तथा वित्तीय संस्थालगायतका लागि साझा प्रणाली उपलब्ध गराइ ती संस्थाहरूले बिना अवरोध भुक्तानी सेवा प्रवाह गर्न एनसीएचएलसँगको यस साझेदारीले सहयोग गर्ने सक्षमको अपेक्षा छ ।

सक्षम –Access to Finance Programme  नेपाल तथा युके सरकारबीच भएको सम्झौताको अनुसार युकेएडको सहयोगमा सञ्चालित कार्यक्रम हो, । उक्त प्रोग्रामलाई लुइस बर्जरले स्थानीय तथा अन्तर्रा्ष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा म्ँक्ष्म् को लागि नेपालमा कार्यान्वयन गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप