ट्रकको ठक्करबाट एक युवकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वाणगंगा–३ सिउटिका २४ बर्षिय रामप्रसाद चौधरी छन् ।

ट्रककोे ठक्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको पिपरा प्रहरीले जनाएको छ । वाणगंगा नगरपालिका वडा नं. १ स्थित बैरियामा उक्त दुर्घटना भएको हो ।

घटना भएको स्थानमा मायादेवी रिसोर्टले जडान गरेको सिसी क्यामेरामा मिनि ट्रकले ठक्कर दिएर पूर्व तर्फ भागेको देखिएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री