रोल्पामा शिक्षिकाको कुटाइबाट ५ बालिकाको हात भाचियो

रोल्पा। पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन्।

रोल्पाको रुन्टीगढी गाउँपालिका ८ झेनाममा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट चौध विद्यार्थी घाइते भएका हुन्।

घाईते मध्ये ५ बालिकाको हात भाचिएको छ। बिभिन्न कक्षामा अध्ययन गर्ने उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार गरिएको थियो।

छात्रा भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हात भाचिएका कारण प्लाष्टर गरिएको छ।

विद्यार्थिका अनुसार शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै भाचिएको बेन्चको खुट्टाले अन्धाधुन्ध विद्यार्थिलाई हिर्काएकी थिईन। जेठ १२ गते भएको घटना स्थानीय स्तरमा वडापालिकाले मिलाउन पहल गरेको भए पनि बालबालिकामा समस्या थपिएपछि घटना ढिलो गरि बाहिर आएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री