दुर्घटनापछि पत्नीलाई भिडियो कल त्यसपछि प्राण त्याग

एजेन्सी। भारतको बिहार राज्यस्थित बेगुसरायमा इयरफोन कानमा लगाएर मोटरसाइकल चलाउँदा दुर्घटना भएको छ। दुर्घटनापछि पत्नीलाई भिडियो कल गरेर एक युवा प्राण त्यागेका छन् । त्यहाँको राष्ट्रिय राजमार्ग .२८ मा इयरफोन लगाएर मोटरसाइकल चलाइरहेका युवकको ट्रकसँग ठोक्किँदा ज्यान गएको छ।

ठोक्किएपछि भुइँमा ढलेका ती युवकको ट्रकको पांग्राले किचेर ज्यान गएको हो।ट्रकले कुल्चिँदा ती युवकको एउटा खुट्टो काटिएको थियो।प्रत्यक्षदर्शीका अनुसार, युवकले कानमा इयरफोन लगाइरहेकाले ट्रकको आवाज सुन्‍न पाएनन्। दुर्घटनापछि बेहोस भएका युवकलाई पुलिसद्वारा बेगुसरायस्थित अस्पताल लगियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री