धरानमा डेङ्गुका ६५ जना बिरामी, ‘सर्च एण्ड डेस्ट्रोय’ अभियान सुरु

सुनसरी । धरानमा डेङ्गु रोगको संक्रमण फैलिएको छ । धरानमा मात्रै अहिले डेङ्गुका ६५ जना बिरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । इटहरीमा पनि केही दिन अघि एक जनामा डेङ्गुको संक्रमण भेटिएको थियो ।

धरान क्षेत्रमा डेङ्गु रोगको खतरा बढेपछि सर्तकता समेत अपनाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाइँले बताए। स्थानीय तह मार्फत सर्तकता कार्यक्रम सुरु भएको र जिल्ला स्वास्थ्यको समन्वयमा काम गरिरहेको उनले बताए।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा डेङ्गु पहिचान गर्ने किटको व्यवस्थापन गरिएको छ ।

धरान क्षेत्रमा नियन्त्रण बाहिर गएको डेङ्गुको प्रकोप थप फैलन नदिन ‘सर्च एण्ड डेस्ट्रोय’ अभियान सुरु भएको छ । अभियान अन्तर्गत धरानका घर घरमा गएर हेर्दा धरानका ९८ प्रतिशत घरमा डेङ्गु फैलाउन सक्ने लामखुट्टेका अण्डा, लार्भा र प्युपा फेला परेको छ ।

घरमा फूल रोप्न राखिएको गमला, प्लाष्टिकको बोतल, टायर, जुठेल्नामा राखिएको भाँडा, बिर्को बिनाको खानेपानी ट्याङ्कीमा डेङ्गुको अण्डा, लार्भा र प्युपा फेला परेको धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ  ।

धरान उपमहानगरपालिकाले चार थान फगिङ मेसिन र बीपी प्रतिष्ठानको दुई थान गरी ६ थान मेसिन प्रयोग गरेर बिहान र बेलुका संक्रमित क्षेत्रमा अल्फा साइफर मेथ्रिन छरिरहेको छ । धरानको वडा नं. १, ५, १४ र १५ मा डेङ्गुको बढि समस्या रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस