अमेरिकी भिसाका लागि सामाजिक सञ्जालको रेकर्ड बुझाउनुपर्ने

वाशिङटन । अमेरिकी भिसाको लागि अब आवेदकले सामाजिक सञ्जालको रेकर्ड पनि राख्नुपर्ने भएको  छ । अमेरिकी विदेश मन्त्रालयको पछिल्लो नियममा आवेदकले सामाजिक सञ्जालको नाम, ५ वर्ष यताका इमेल ठेगाना र फोन नम्बर पनि बुझाउनुपर्ने जनाइएको छ ।

यो नियम गएको वर्ष प्रस्ताव गरिएको थियो । यो नियमले वार्षिक रुपमा १४ दशमलब ७ मिलियन मानिसलाई प्रभावित पार्ने बताइएको छ । यो नयाँ नियम कतिपय कुटनीतिक र सरकारी भिसा आवेदकका लागि भने लागु नहुने जनाइएको छ । यद्यपि अमेरिकामा काम गर्नका लागि वा पढ्नका लागि जानेहरुले भने उनीहरुको सूचना हस्तान्तरण गर्नुपर्नेछ ।

‘‘हामीले अमेरिकी नागरिकलाई संरक्षण गर्नका लागि हाम्रो अनुगमन संयन्त्रमा निरन्तर सुधार गर्दै आइरहेका छौं, यसले आधिकारिक रुपमा अमेरिका यात्राका लागि मद्धत पनि गर्नेछ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ । पहिला भने आतंककारी गतिविधि भएका क्षेत्रका मानिसलाई थप अनुसन्धान गर्नुपर्दा मात्रै यस्तो रेकर्ड माग्ने गरिएको थियो ।

तर अब भने आवेदकको एकाउन्टको नाम तथा उनीहरुले चलाइरहेका सामाजिक सञ्जालहरुको नामसमेत दिनुपर्ने भएको छ ।  कसैले आफूले सामाजिक सञ्जाल प्रयोग गर्ने कुराका बारेमा झूठो बोलेमा गंभीर खालको अध्यागमन सम्बन्धी परिणाम समेत भोग्नुपर्ने एक अधिकारीले बताएको बीबीसीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आजको मौसम : कतै वर्षा, कतै तातो लहर (विशेष बुलेटिन)

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

प्रतिकृया दिनुहॊस