त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपणमा सफलता प्राप्त गरेको छ । शनिबार राति शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वको टिमले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको हो ।

डाक्टर भण्डारीका अनुसार एक जना छोरीले बुवालाई कलेजो दान गरेकी हुन् । उहाँका अनुसार कलेजो प्रत्यारोपण गर्न उनको टिमलाई झण्डै १६ घण्टा लागेको थियो ।

शुक्रबार बिहानदेखि सुरु भएको शल्यक्रिया शनिबार मध्य रातमा सकिएको थियो । डाक्टर भण्डारीले सन् २००९ मै अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने सपना देखेको भए पनि १० वर्षपछि मात्रै आफ्नो सपना पूरा भएको बताए । उनले आफूले विदेशमा गएर यसबारे थुप्रै अध्ययन गरेको बताए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री