गीतादेवी र प्रभावनको गीत ‘सपनी’ मन रुवाउने, अभिनय मार्मिक(भिडियो)

काठमाडौं । संचारकर्मी तथा रंगकर्मी राजाराम गौतम म्यूजिक भिडियोको अभिनयमा देखिएका छन् । लोक दोहोरी गायिका गीतादेवीको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत ‘सपनी’मा उनको अभिनय मार्मिक अभिनय हेर्न पाइन्छ ।

गीतको शब्द, संगीत, स्वर, तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ भने नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन ।

प्रज्ञा साउण्ड एचडीमा रेर्कड गरिएको गीतको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन् । म्युजिक भिडियोमा राजाराम गौतमसँगै, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्यालको अभिनय रहेको छ ।

दृश्य छायाँकनमा ड्रोन रोनिश तामाङले चलाएका छन् भने क्यामरा सागर गौतमको रहेको छ । म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइ, सहायक दृश्य सम्पादन अरबिट पोखे्रल, मेकअप शर्मिला राईले गरेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री