सुनको भाउ प्रतिताेला १५ सयले बढेर ६१ हजार पुग्याे

काठमाडौं । सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाले बढेको  छ।  बिहीबार ५९ हजार ५ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवशायी महासंघले जनाएको छ।

तेजावी सुन पनि आज १ हजार ५ सय रुपैयाले नै बढेको छ। हिजो तोलामा ५९ हजार ५ सय रुपैया रहेको तेजावी सुनको मुल्य बढेर ६० हजार ७ सय रुपैया पुगको छ। चाँदीको भाउ आज ५ रुपैयाले बढेर प्रतितोला  ७ सय ५ रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री