सुडानमा जातिय हिंसा, २२ जनाको मृत्यु

काठमाडाैँ । जातीय समूहबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सीमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ।  सुडानका सूचनामन्त्री मिचेल मयौतले सिन्ह्वालाई दिएको जानकारीअनुसार बिहीबार दुई जातीय समूहबीच झडप भएको र उनीहरू दुई फरक–फरक स्थानका युवा हुन्।

यसअघि गत मङ्गलबार भएको अर्को झडपमा परी एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरू १८ जना घाइते भएका थिए। प्रवक्ता मयौतले मङ्गलबार भएको झडपका क्रममा अरू झण्डै तीन हजार जना लुटिएको पनि जानकारी दिए। ‘मङ्गलबार बिहान शुरु भएको झडप राति अबेरसम्म चलेको थियो,’ उनले भने।

दक्षिण सुडानमा लामो समयदेखि साम्प्रदायिक झडपहरू हुने गरेका छन्। उनीहरूको भिडन्तका क्रममा सयौँ मारिएका छन् भने त्योभन्दा धेरै घाइते भएका छन्। त्यसैगरी अरू धेरै जना लुटिएको अधिकारीहरूले जनाएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री