काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले बुधवार बुढानीलकण्ठ नगरपालिका मण्डिकाटार काठमाडौंमा सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । उद्घाटन संस्थाका अध्यक्ष खेमराज नेपालले गरेका हुन् ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको इजाजत पाएको उक्त संस्थाको केन्द्रीय कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गरेका थिए । संस्थाको केन्द्रीय कार्यालय गैंडाकोटमा छ ।
संस्थाले विपन्न वर्ग उत्थानका लागि शाखा कार्यालयमार्फत प्रविधि सहितको ग्राहकमैत्रीे सेवा तथा कार्यक्रम थप गर्ने लक्ष्य लिएको पनि जानकारी दिएको छ । संस्थाको उद्देश्य विपन्न वर्ग, लघुउद्यमी र साना व्यवसायीको आर्थिक तथा सामाजिक स्तर उकास्ने रहेको बताइएको छ ।
तपाईंको प्रतिकृया




