निर्माणाधीन रंगशाला भत्काउनेलाई कारबाही होस्ः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तरराष्ट्रिय रंगशाला भत्काउने समूहमाथि कारबाहीको माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारसँग रंगशाला भत्काउने समूहमाथि कारबाहीको माग गरेका हुन् ।

उनले रंगशाला निर्माणमा जुटेका हास्यकलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कञ्जना घिमिरे ‘सुन्तली’ लाई नडग्मगाउन ढाडस दिएका छन् । शर्माले दुबैजनालाई भनेका छन्, ‘‘प्रिय धुर्मुस–सुन्तली ! किञ्चित नडग्मगाउनु, भत्काउनेहरुले होइन बनाउनेहरुले बनाउँछन् संसार ।’’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग रंगशाला निर्माणमा अवरोध पुर्याउनेमाथि कारबाहीको माग गर्दै भनेका छन्, ‘‘२ज्भििय)क्बचपबच देश निर्माणको यात्रामा प्रेरणादायी कर्म गरिरहेकालाई निरुत्साहित पार्न प्रयत्न गर्ने जो हुन् तिनलाई कडा कार्वाही गरियोस् !’’

चितवनको भरतपुर महानगरपालिका–१६, कृषि तथा वन विश्वविद्यालयको जग्गामा निर्माण हुन लागेको अन्तराष्ट्रिय रंगशालाको जस्तापाताको बार बुधबार बिहान स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा गएको समूहले डोजर चलाएर भत्काएको थियो ।

नेकपाका स्थानीय तहका नेता कँडेलको नेतृत्वमा सय–सवा सयको संख्यामा गएको जत्थाले रंगशाला छेक्न ठड्याएको जस्तापाता क्षत–विक्षत तुल्याउँदै कर्मचारीलाई धक्की दिएको धुर्मुसले जानकारी दिएका छन् । रंगशालाको जस्तापाताको बारमा बुधबार बिहान डोजर चलाएर भत्काउने नेकपाका नेता कँडेलसहित १७ जनालाई चितवन प्रहरीले बुधबार राति पक्राउ गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री