काठमाडाैँ । ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीमा बिहीबार बिहान आगलागी भएको छ। प्रहरीका अनुसार किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा आगलागी भएको हो।
बिहीबार बिहान साढे ३ बजेबाट लागेको आगो साढे ९ बजेतिर मात्र पूर्ण रुपमा नियन्त्रणमा आएकाे भैंसेपाटीस्थित प्रहरी प्रभागका प्रहरी निरीक्षक किरण मल्लले जानकारी दिए।
केमिकल भएकाले आगो नियन्त्रण गर्न समय लागेकाे उनकाे भनाइ छ। आगो नियन्त्रणका लागि चार दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा खटिएका थिए।
के कति कारणले आगलागी भएको खुलेको छैन। आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो धनमालकाे क्षति भएको प्रहरीले अनुमान गरेको छ।
तपाईंको प्रतिकृया




