यी सुन्दरी नायिकासँग जोडियो केएल राहुलको नाम

काठमाडाैँ । बलिउड नायिका र भारतीय क्रिकेटरको प्रेम सम्बन्धको चर्चा कुनै नौलो होइन। बलिउड सुन्दरी र भारतीय क्रिकेटरको प्रेमसम्बन्धको हल्लाले बजार राम्रै गरी तात्ने गर्छ। यस्ता हल्लाहरू कति हल्लामै सिमित भएका हुन्छन् भने कति वास्तविक्तामा परिणत हुन्छन्।

Image result for kl rahul hd

बलिउड नायिका र भारतीय क्रिकेट खेलाडीकाबीच झाँगिएका प्रेम सम्बन्ध विवाहमा परिणत भएका कयौं तथ्य जगजाहेर पनि छन्।

यस्तोमा फेरि एक बलिउड नायिका र भारतीय राष्ट्रिय टोलीका क्रिकेटरकाबीच प्रेम रहेको हल्ला चलेको छ। यस हल्लामा बलिउड नायिका सोनल चौहान र केल राहुलको नाम जोडिएको छ।

Related image

यसबारेमा केएल राहुलका तर्फबाट कुने प्रतिक्रिया नआएपनि सोनलले भने आफ्नो कुरा राखेकी छन्।

‘केल एल राहुल एकदमै राम्रा क्रिकेटर हुन् र उनी निक्कै प्रतिभाशाली छन् तर हामीबीच त्यस्तो केहि भएको छैन’ टाइम्स अफ इण्डियामा प्रकाशित एक रिपोर्टमा उनले भनेकी छिन्।

Related image

सोनल बलिउडमा ‘जन्नत २’मा इमरान हाशमीको जोडी बन्दै डेब्यू भएकी थिइन।

अब प्रेम परिरहेको बन्ने बारेमा सोनलकै यस्तो भनाइ आइसकेपछि चलेको हल्ला मत्थर हुने अनुमान गर्न सकिन्छ तर यसअघि पनि कयौं प्रसंगमा प्रेम छैन भने पनि पछि सत्य साबित भएका घटना छन्। यस्तोमा सोनल र केएल राहुल पनि अछुतो नरहन सक्छन्।

केएल राहुलको नाम सोनलअघि आकांक्षा रंजन कपुरसँग पनि जोडिएको थियो।

Related image

तपाईंको प्रतिकृया

लेखकबाट थप