बजेटको उपभोक्तालाई उपहार, पूर्वाधार करले पेट्रोल र डिजेलको भाउ डेढ रुपैयाँ बढ्यो

काठमाडौँ । बजेटमार्फत् थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणासँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। बुधबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरिएको हो।

निगमले साविकको खुद्रा मूल्यमा पेट्रोल, डिजेल र मट्टीतेलमा डेढ रुपैयाँ बढाएको हो।

समायोजन भएको मूल्य अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १११ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँ ५० पैसा  कायम भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री