ज्योति विकास बैंक लिमिटेडको नयाँँ शाखा पोखराको तालचोक र लेकसाईडमा

ज्योति विकास बैंक लि.ले कास्की जिल्लाको तालचोक र लेकसाईडमा नयाँ शाखा संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका वडा नं २७ मा रहेको तालचोक शाखा र वडा नं ६ मा रहेको लेकसाईड शाखा औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोख्रेल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

आजकै दिन बैंकले कास्कीको तालचोक र लेकसाईड, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको धरान, ललितपुरको चापागाँउ र काठमाडौंको गोगंबु र महाराजगंज गरी ७ स्थानमा समेत नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । हाल बैंकले ९७ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ३२ वटा एटीएमबाट  सेवा उपलव्ध गराउँदै आईरहेको छ भने आगामी वर्षमा थप ४ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

साथै बैंकले यस आर्थिक बर्ष भित्रनै अन्य थप १५ स्थानबाट समेत एटिएम सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ३२ हजारभन्दा बढि खाताबाट रु. २७ अर्बभन्दा बढि निक्षेप संकलन गरी १९ हजारभन्दा बढि ऋणी मार्फत रु. २४.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । यस बैंकले हाम्रो विकास लाई प्राप्ति गरेपश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुगेर चुक्ता पुँजीको हिसावले देशकै ठुलो विकास बैक बन्न सफल भएको छ ।

 

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका …

प्रतिकृया दिनुहॊस