स्कुल बस पर्खेर बसेका बालबालिकामाथि अन्धाधुन्द चक्कु प्रहार, दुईजनाको मृत्यु

टोक्यो । बस पर्खेर बसेका स्कुले बालबालिकालाई आज मंगलबार जापानको शहर कावासाकीमा चक्कू लिएको एक मानिसले अन्धाधुन्द आक्रमण गरेको छ ।

सो आक्रमणबाट कम्तिमा १६ जना घाइते भएका छन् । प्रहरीले दुई जनाको मृत्यु भएको र मारिनेमा एक जना बालिका पनि भएको जनाएको छ ।  सो आक्रमणकारीले अन्त्यमा आफ्नै घाँटीमा चक्कू हानेको थियो । उसलाई  प्रहरीले पक्राउ गरेको थियो तर चोटका कारण उसको मृत्यु भएको जनाइएको छ । उसले किन बालबालिकालाई आक्रमण गरेको थियो भन्ने कुरा खुलेको छैन ।

जापान विश्वकै कम संख्यामा हिंस्रक  घटना हुने मुलुकका रुपमा चिनिने गरेपनि पछिल्ला समयमा भने यस्ता घटना छिटपुट रुपमा भइरहेको बीबीसीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री