नेप्सेको अनलाइन कारोबारमा बैंक इन्टिग्रेशन शुरु, प्रतिकारोबार १ लाखसम्म भुक्तानी गर्न सकिने

काठमाडौं । बिहीवारदेखि नेप्सेको अनलाईन कारोबार प्रणालीमा बैंक इन्टिग्रेशन शुरू गरिएको छ । नेपाल क्लियरिङ हाउस र ब्रोकरबीच राफसाफ अनलाईन मार्फत गराउने लिंक बिहीवार जोडिएको हो । हाल ४८ बैंक तथा वित्तीय संस्था बैंक इन्टिग्रेशनका लागि आवद्ध भएका छन् । सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल क्लियरिङ हाउसमा राफसाफका लागि जोडिन नेप्सेले यस अघि नै अनुरोध गरिसकेको छ ।

पहिलो चरणमा अहिलेलाई शेयर खरीद पछिको राफसाफ मात्र अनलाईन मार्फत गर्ने प्रक्रियाको शुरुवात भएको हो । दोस्रो चरणमा विक्री गरेको शेयरको भुक्तानी पाउने वातावरण पनि अनलाईन मार्फत नै मिलाउने तयारी सम्बद्ध पक्षकोे छ ।

लगानीकर्ताले ब्रोकरलाई शेयर कारोबारको रकम एक पटकमा प्रतिकारोबार १ लाख रुपैयाँमात्र भुक्तानी गर्न सक्नेछन् । सोभन्दा धेरै रकम भुक्तानी गर्नुपर्ने भएमा पटक पटक गर्नुपर्ने व्यवस्था रहेको छ । अहिलेको व्यवस्थामा एक बैंक एक खाताबाट प्रतिमहीना १० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । अनलाईन कारोबार प्रणाली मार्फत् रकम भुक्तानी गर्दा लगानीकर्ताले ५० हजार रुपैयाँभन्दा माथिको कारोबारका लागि प्रतिकारोबार १५ रुपैयाँ, ५ हजारदेखि ५० हजार रुपैयाँसम्म १० रुपैयाँ, ५०० देखि ५ हजार रुपैयाँसम्म ५ रुपैयाँ र ५०० रुपैयाँभन्दा कमको लागि २ रुपैयाँ शुल्क क्लियरिङ हाउसलाई तिर्नुपर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री