मर्जरमा जाने भएपछि ओमले १२.७०% बोनस प्रस्ताव खारेज गर्दै

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले प्रस्तावित १२.७०% बोनस सेयर खारेज गर्ने भएको छ । ओमको शुक्रबार बसेको सञ्चालक समिति बैंठकले प्रस्तावित १२.७०% बोनस सेयर वितरण नगर्ने निर्णय गरेको छ । एनएमबि बैंकसँग मर्जरमा जाने सम्झौता भएपछि बोनस वितरण नगर्ने भएको हो ।
मर्जर सम्झौता भइसकेकाले बोनस वितरण गर्दा सेयर स्वाप रेसियोमा असर पर्ने भन्दै ओमले प्रस्तावित बोनस खारेज गर्न लागेको हो । मर्जरपछि एकीकृत साधारण सभा गरी दुवै संस्थाका सेयरधनीलाई आर्थिक वर्ष २०७५।७६ को नाफाबाट लाभांश वितरण गर्ने सहमति भएको ओमले जनाएको छ । बैंकले बोनस सेयर वितरण नगर्ने प्रस्तावसहित साधारण सभा बोलाउनका लागि राष्ट्र बैंकसँग अनुमति मागेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस