बार्यन म्युनिखले जित्यो १९ औँ पटक उपाधि

काठमाडाैँ । बार्यन म्युनिखले घरेलु उपाधि डबल गरेको छ । बुण्डेस लिगाको उपाधि जितेको बार्यन म्युनिखले जर्मन कप फुटबलको उपाधि पनि जित्दै दुई घरेलु उपाधि जितेको हो ।

च्याम्पियन्स लिग फुटबलमा खासै राम्रो गर्न नसकेको उसले जर्मन कप फुटबलको फाइनल अन्तर्गत शनिबार राति भएको खेलमा आरबी लेइप्जिगलाई ३–० को जित दर्ता गरेको हो ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा किङ्गस्ली कोम्यानले एक गोल गरे । २९ औँ मिनेटमा कोम्यानको पासमा लेवान्डोस्कीले हेड मार्फत सुन्दर गोल गर्दै बार्यनलाई सुरुवाति अग्रता दिलाएका हुन् ।

७८ औँ मिनेटमा कोम्यानले गोल गरेर टिमको अग्रता दोब्बर पारे । ८५ औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्यनले ३–० को जित निश्चित गरेको हो ।

१९ औँ पटक जर्मन कपको उपाधि जितेको बार्यनले १२ औँ पटक दोहोरो घरेलु उपाधि जितेको हो । गएको शनिबार बार्यनले लगातार सातौँ सिजन बुण्डेस लिगाको उपाधि जितेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस

This will auto close after