त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नति : पहिलो चरणको काम अन्तीम चरणमा

काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको पिच फेर्ने पहिलो चरणको काम अन्तीम चरणमा पुगेको छ । ३ हजार ५० मिटर लामो धावनमार्गमा पहिलो चरणमा बीचको भागको पुरानो पिच हटाएर नयाँ पिच हाल्ने काम थालिएको थियो ।

आयोजनाका निर्देशक बाबुराम पौडेलका अनुसार अहिले ट्याक्सी वे जोडिएको ठाउँबाहेक अरु ठाउँमा लगभग पहिलो चरणको काम सकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर लामो रहेको छ । अहिले ३ हजार ५० मिटरमा नै ३० देखि ५० सेन्टिमिटर गहिराइसम्म खनेर पुरानो पिच उप्काउने र नयाँ पिच हाल्ने काम भैरहेको छ ।

पहिलो चरणमा सेन्ट्रललाइनका वरपर अर्थात् जहाँ जहाज उड्ने क्रममा र बस्ने क्रममा गुड्छन् त्यहाँ वरपरको पिच उप्काएर नयाँ पिच हालिएको छ । अलिहे ओल्लो छेउदेखि नै पल्लो छेउसम्मको सेन्ट्रल लाइनको पिच उप्काएर नयाँ पिच हालिएको छ । तर पुरै धावनमार्गको भने पिच फेर्ने काम बाँकी छ । पहिलो चरणको काम २/३ दिनमा सकिनेछ, त्यसपछि दोस्रो चरणको काम सुरु हुनेछ । दोस्रो चरणमा धावनमार्गको सबै भागको पुरानो पिच उप्काएर नयाँ हालिनेछ । अहिले गरेको पिचमा थप फिनिसिङ गरिनेछ ।

तुलनात्मक रुपमा मुख्य चुनौती मानिएको सेन्ट्रल लाइन वरपरको पिच परिवर्तन गरिसकिएको छ । पहिलो चरणको काम सकिनै लागेको बताउदै त्यसपछि दोस्रो चरणको सम्पुर्ण भाग पिच गर्ने तयारी भैरहेको आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले बताए । ७५ वर्ष पुरानो धावनमार्ग फेर्ने काम गएको चैत १८ गतेदेखि सुरु भएको हो । त्यसको लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after