धनगढी । धनगढीमा नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता शुरु भएको छ। सार्क राष्ट्र अन्तरगतका ६ देशका ७ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेकोे प्रतियोगिता बिहीबारबाट शुरु भएको तीन दिन चल्नेछ । सो कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले एक समारोहकाबीच गरे ।

राष्ट्रिय गोजुरियो कराते दो संघ, सुदूरपश्चिम प्रदेश समितकिो आयोजनामा भइरहेको प्रतियोगीताको उदघाटन समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड, राष्ट्रवादी विकाशिल अभियानका अन्तर्राष्ट्रिय विभाग प्रमुख नरेन्द्र ओली, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपकसिंह प्रदेश ५ का प्रमुख अशोक थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, भारत, पाकीस्तान, अफगानस्तानका खेलाडी तथा प्रशिक्षकहरुको सहभागिता रहेको छ । प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा क्रमशः ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
सो कार्यक्रममा नेशनल गोजुरीयो कराते डो एशोसियसन नेपालका अध्यक्ष गणेश कार्कीले ब्यक्तिगत खर्चमा लगभग २ लाख बराबरको म्याट वितरण गरेका थिए ।



