काठमाडौं । बुद्ध एयरले सुर्खेतका लागि असार १ गतेदेखि दैनिक दुई उडान गर्ने भएको छ । हाल बिहान ८ बजे एउटा मात्र उडान गर्दै आएको कम्पनीले एउटा उडान थप्न लागेको हो । दोस्रो उडान दैनिक अपराह्न ४ बजे हुने कम्पनीले बताएको छ । कम्पनीले काठमाडौं–सुर्खेत उडानको भाडादर रू. ७ हजार ८३० कायम गरेको छ । बुद्धले गत वर्षदेखि एटीआर–४२ जहाजबाट सुर्खेत उडान गर्दै आएको छ ।
यस्तै, बुद्धले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत धनुषाको जिल्ला प्रशासन कार्यालयमा ‘ट्रस सेड’ निर्माण गरेको छ । सेवाग्राहीलाई घाम÷पानीबाट जोगाउने उद्देश्यले कम्पनीले उक्त सेड निर्माण गरी हस्तान्तरण गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल र बुद्धका स्टेशन म्यानेजर विजयप्रसाद सिंहले बुधवार ट्रस सेडको उद्घाटन गरेका हुन् ।
प्रतिकृया दिनुहॊस