वैदेशिक रोजगारीबाट फर्किएका १८ हजार युवालाई सहुलियत ऋण

काठमाडाैँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यम व्यवसाय सञ्चालन गर्न चाहने १८ हजार युवालाई सूचीकरण गरी सहिुलियत ऋण दिने तयारी गरेको छ।

वैदेशिक रोजगारीबाट फर्की आफूसँग भएको सीप, पुँजी र सहुलियतपूर्ण कर्जाको प्रयोग गरी स्वरोजगार हुन सूचीकरणका लागि निवेदन दिएकामध्ये १८ हजार सात सय ६७ युवालाई ऋण दिने तयारी गरिएको हो । यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

१९ हजार युवाले सहुलियत ऋणको लागि आवेदन दिएकामध्ये १८ हजार सात सय ६७ सूचीकरण भएका हुन्। सरकारले परियोजना धितो राखेर उद्यम गर्न चाहने युवालाई १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस