धनकुटामा पौडी खेल्ने क्रममा डुबेर २ बालकको मृत्यु

धनकुटा । खोलामा पौडी खेल्ने क्रममा डुबेर धनकुटामा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–२ का १२ बर्षीय गौरब लुंगेली मगर र महालक्ष्मी–३ का १४ बर्षीय अमिर मगर छन् ।

महालक्ष्मी–२ र ३ नम्बर वडाको सिमानामा रहेको लेगुवा खोलामा सोमबार अपरान्ह पौडी खेल्ने क्रममा घटना भएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा गौरब दहमा डुबे । त्यसपछि उनलाई उद्धार गर्न खोज्दा अमिर पनि डुबेर बेपत्ता भए ।

घटनापछि दहबाट गौरबलाई उद्धार गरेर उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो । यता दहमा डुबेर बेपत्ता भएका अमिरको शव आज बिहान खोलामा फेला परेको प्रहरी प्रमुख गुरुङले बताए ।

सोमबार साँझ घटनाको जानकारीपछि मारेककटहरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक गौरबको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने अमिरको शव पनि पोष्टमार्टमका लागि ल्याइँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट …

प्रतिकृया दिनुहॊस