सिद्धार्थ बैंकको शाखा भक्तपुरको सूर्यविनायकमा

भक्तपुर । सिद्धार्थ बैंकले भक्तपुरको सूर्यविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकले देशभर १५४ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६६ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सानिमा बैंकको २० औँ साधारणसभा

कठमाडौं । सानिमा बैंकले मंगलबार २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुकप्रसाद …

प्रतिकृया दिनुहॊस