एन आई सी एशिया बैंकका ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा छुट पाउने

काठमाडौं । एन आई सी एशिया बैंकका डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले काठमाडौँको एभरेष्ट अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने सम्बन्धमा बैंक र अस्पतालबीच  सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार, एन आई सी एशिया बैंकको ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा पाँचदेखि १० प्रतिशतसम्म छुट पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री