प्रभु बैंकको एक्स्टेन्सन काउण्टर रुपन्देहीको रामनगरमा

काठमाडौं ।प्रभु बैंकले रुपन्देहीको रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरी सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टरको रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले उद्घाटन गरेका छन् ।कार्यक्रममा थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराएका छन् ।  आजदेखि सञ्चालनमा आएको बैंकको रामनगर एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गर्ने छ ।

साथै, श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी वैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सजिलो हुने बैंकको विश्वास छ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस