दक्षिण समुद्रमा चीनलाई चुनौती दिँदै अमेरिका, भारत, जापान र फिलिपिन्स

एजेन्सी । विवादित दक्षिण चिनियाँ समुद्रमा बेइजिङलाई चुनौती दिँदै जापान, अमेरिका, फिलिपिन्स र भारतले संयुक्त नावी शक्ति प्रदर्शन गरेका छन् । यसरी चीनले दाबी गर्दै आएको दक्षिण चिनियाँ समुद्र क्षेत्रमा अमेरिकी मिसाइल विनाशकले जापानको विमानबाहक, दुईवटा भारतीय लडाकू जहाज र फिलिपिन्सको सैन्य जहाजसँग संयुक्त रुपमा सैन्य अभ्यास सञ्चालन गरेको अमेरिकी नौसेनाले बिहीबार जानकारी दिएको छ ।

रोयटर्सका अनुसार विगतमा पनि दक्षिण चिनियाँ समुद्र क्षेत्रमा यस किसिमका संयुक्त सैन्य अभ्यासहरु आयोजित भइसकेका छन् । यसरी त्यस स्थलमा बेइजिङको बढ्दो सैन्य क्रियाकलाप प्रति आपत्ति जनाउँदै आएका वरपरका राष्ट्रहरुले बेइजिङमाथि दबाब राख्न शक्ति प्रदर्शनको उपाय अपनाइरहेका हुन् । अमेरिकी मिसाइल विनाशकका क्याप्टेन, कमान्डर एन्ड्रिउ जे क्लगले एक बयानमा भनेका छन्, “हाम्रा पार्टनर र त्यस क्षेत्रका मित्रराष्ट्रहरुसँग व्यवसायिक संलग्नता जनाउनु हाम्रो उपस्थितिलाई शक्तिशाली बनाउँदै बलियो सम्बन्ध प्रस्तुत गर्नु हो ।”

यसरी राष्ट्रपति ट्रम्पले २०० अर्ब बराबर चिनियाँ वस्तुहरुमा आयात कर वृद्धि गरेकै समय सो अभ्यास सञ्चालन गरिएको छ ।

यसका लागि जापानले मात्र आफ्ना सबैभन्दा ठूला विमानबाहक मध्येको एउटा पठाएको थियो भने भारतले पनि विनाशक आइएनएस कोलकत्ता, आइएनएस शक्ति र एउटा ट्याङ्कर तैनाथ गराएको थियो । यसरी एक हप्ता जारी सो सैन्य अभ्यास बुधबार सम्पन्न भएको हो । सोमबार मात्र अमेरिकाका दुई लडाकू जहाजहरु चीनले दाबी गर्ने टापु नजिकबाट यात्रा गरेपछि बेइजिङले कडा आलोचना गरेको थियो । तर अमेरिकी नावीले भने अन्तराष्ट्रिय जल यात्राको स्वतन्त्रता सम्बन्धी कानुन उल्लेख गर्दै आफ्ना मित्रराष्ट्रहरुले दाबी गरेका समुद्री क्षेत्रमा समेत बिना कुनै राजनीतिक कारण भ्रमण गर्न पाइने बताएको छ । सैन्य अभ्यास गरिएको स्थलमा अमेरिका, जापान र भारतको चाहिँ कुनै दाबी छैन ।

बेइजिङले लामो समयदेखि दक्षिण चिनियाँ सम्ुद्र क्षेत्रमा ब्रुनाइ, इन्डोनेशिया, मलेशिया, फिलिपिन्स, ताइवान र भियतनामसँगै रहेका टापुहरुलाई आफ्नो भूभाग बताउँदै आएको छ । त्यसैले एसियाली जलमार्गमा चीनलाई छुट्टै चुनौती दिन गत अप्रिलमा युएसएस विलियम पी.लरेन्स र अर्को एउटा अमेरिकी विनाशक ताइवानको समुद्री सिमाना पुगेको थियो जसलाई चीनले आफ्नै प्रान्तका रुपमा हेर्ने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस