सूचक उतारचढावसँगै कारोबार २१%ले घट्यो, ९ कम्पनीको एक करोड ७४ लाख कित्ता थपियो

काठमाडौं। दोस्रो बजारमा अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा यस साता कारोबार रकम २१ प्रतिशतले घटेको छ। गत साता चार अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा यस साता तीन अर्ब ४६ करोड रुपैयाँको मात्रै कारोबार भएको छ।

सूचक घटेसँगै बजार पूँजीकरण पनि यस साता २७ करोड ६४ लाख रुपैयाँले घटेको छ। बिहीबारको कारोबारपछि समग्र बजार पूँजीकरण १६ खर्ब तीन अर्ब रुपैयाँमा झरेको छ। यस साता सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक शेयरको कारोबार भएको छ। सानिमा बैंकको संस्थापक शेयर गैरआवासीय नेपाली संघका अध्यक्ष डा. उपेन्द्र महतोका भाइ डा. बिरेन्द्र महतोले कर्मचारी सञ्चयकोषलाई बिक्री गरेका हुन्। बिहीबार बैंकको १८ लाख ५ हजार कित्ताको कारोबार भएको हो।

सानिमा बैंकपछि सबैभन्द धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट परेको छ। कम्पनीको यस सातामा मात्रै २३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ। बजार पूँजीकरणको हिसावले नेपाल टेलिकम नै अगाडि रहेको छ। कम्पनीको कुल बजार पूँजीकरण एक खर्ब ५ अर्ब रुपैयाँ रहेको छ।

यस साता ९ कम्पनीको एक करोड ७४ लाख ९५ हजार ९९ कित्ता शेयर दोस्रो बजारमा सूचिकृत भएको छ।  स्पर्श लघुवित्तको प्राथमिक शेयर बाहेक ८ वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस