नेपाल बैंकको वित्तिय साक्षरता कार्यक्रम चन्द्रपुरमा

रौतहट । नेपाल बैंक लिमिटेड चन्द्रपुर शाखाले वित्तिय साक्षरताका बारेमा जानकारी दिन समृद्ध नेपाल अभियान बचत खाता तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

बैंकिङ पहुँच बाहिर रहेका तथा बैंकिङ सेवा सुविधाका बारेमा थाहा नभएका सर्वसाधारणलाई वित्तिय साक्षरता अभिवृद्धि गरी सरकारले शुरु गरेको हरेक नागरीकको बैंक खाता सञ्चालन गर्ने नीतिलाई सघाउ पुर्‍याउने उद्देश्य कार्यक्रमले लिएको छ ।

कार्यक्रममा बैंकले करीब ४ सयको संख्यामा नेपाल सरकारले शुरु गरेको सम्वृद्ध नेपाल अभियान बचत खाता खोल्न सफल भएको बैंकका शाखा प्रबन्धक किसन कुमार केसरीले बताए ।

कार्यक्रमका सहभागीहरुले नेपाल बैंकले आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रमले बैंक तथा वित्तिय संस्थाको आवश्यत्ता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंकप्रति आभार व्यक्त गरेका थिए ।

नेपाल बैंकको समृद्ध नेपाल अभियान बचत खातामा जिरो मौजदातमा खाता खोल्न सकिने, उक्त खातामा बैंकले १०० रुपैया राखिदिने, मोबाईल बैंकिङ, ईन्टरनेट  बैंकिङ लगायतका सुविधाहरु रहेको बैंकले जानकारी दिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुमा ‘एभरेष्ट बैंक’ को चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा …

प्रतिकृया दिनुहॊस