बार्यन उपाधिको नजिक

एजेन्सी । बार्यन म्युनिख जर्मन बुन्डेशलिगाको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा हनोवरलाई ३–१ गोल अन्तरले पराजित गर्दै बार्यन उपाधिको नजिक पुगेको हो ।

बार्यनले लिग तालिकामा चार अंकको अग्रता लिन सफल भएको छ । लिगमा अब दुई चरण खेल बाँकी छ । एक अंक बटुल्न सकेमा बार्यनले लगातार सातौ पटक लिग उपाधि कब्जा गर्नेछ ।

खेलमा अग्रता बार्यनले लेवान्डोस्कीको गोलबाट २७ औ मिनेटमा लिएको थियो । ४० औ मिनेटमा लियोन गोरेत्जकाले बार्यनको अग्रतालाई दोब्बर बनाएका थिए ।

५१ औ मिनेटमा डि जिससले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटाउने प्रयास नगरेका होईनन् । तर फ्याङक रिबेरीले ८३ औ मिनेटमा गोल गर्दै बार्यनलाई उपाधिको नजिक पुर्याएका छन् ।

शीर्ष स्थानको बार्यनलको ३२ खेलबाट ७४ अंक भएको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ७० अंक छ ।

तालिकाको पुछारमा रहेको हनोवरको रेलिगेशन जोनबाट बच्ने गणितिय सम्भावना मात्र बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री