शीर्ष स्थानमा लिभरपुलको ‘कमब्याक’

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा फर्किएको छ । शनिबार राति भएको खेलमा न्युक्यासल युनाईटेडलाई ३–२ गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि होडको रोमाञ्चकता अन्तिम खेलसम्म पुर्याएको छ ।

लिभरपुलको पछिल्लो जितले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि दबाब थपिएको छ । अब लिग विजेता टोलीको टुङ्गो अन्तिम खेलले तय गर्नेछ ।

अवे खेलमा संघर्षपुर्ण जित निकाल्ने क्रममा लिभरपुलले १३ औ मिनेटमा भर्जिल भान डिजिकको गोलबाट अग्रता लिएको थियो । तर २० औ मिनेटमा न्युक्यासलका क्रिस्टियन अत्सुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । लगत्तै २८ औ मिनेटमा मोहमद सालाहले गोल गर्दै पुन लिभरपुललाई अग्रता दिलाए ।

५४ औ मिनेटमा घरेलु टोलीका सलोमन रोन्डोनले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । खेल सकिन ४ मिनेट अघि बैकल्पिक खेलाडीकाे रुपमा मैदान छिरेका डिभोक ओरिजीले गोल गर्दै लिभरपुललाई महत्वपुर्ण तीन अंक दिलाए ।

शीर्ष स्थानको लिभरपुलले ३७ खेलबाट ९४ अंक जोडेको छ । एक खेल कम खेलेको सिटी ९२ अंक सहित दोस्रो स्थानमा छ । न्युक्यासल ४२ अंक सहित १४ औ स्थानमा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री