यस्तो अबस्थामा खतरनाक हुन सक्छ ग्यास्ट्रिक

काठमाडाैँ । अव्यवस्थित जीवनशैलीले ग्यास्ट्रिक हुन्छ। यसलाई अधिकांशले दैनिक देखिने सामान्य लक्षणको रुपमा लिने गरेको पाइन्छ। तर, ग्यास्ट्रिकको समस्या सामान्य मात्र हुन्न। यसले ज्यानै जाने सम्मको जोखिम समेत हुन्छ।

ग्यास्ट्रिकमा हेलचेक्राई गरे अल्सर हुनसक्छ। पेट वा पेटको आन्द्रसँग जोडिएको भागको पत्रमा घाउ हुनुलाई अल्सर भनिन्छ।

अल्सरको समयमै उपचार हुन नसके घाउ बढेर आन्द्रा वा पेटमा प्वाल पर्छ। प्वाल परेपछि खाएको खाना आन्द्राभन्दा बाहिर निस्केर शरीरभित्र फैलिई ज्यानै जान सक्छ।

चिकित्सकका अनुसार ग्यास्ट्रिकको लक्षण देखिने विविध कारण हुन्छन्।

रक्सी, चुरोट, जथाभावी पेनकिलर औषधि लामो समय प्रयोग गर्दा अल्सरको जोखिम हुने वरिष्ठ ग्यास्ट्रो इन्टरोलोजिस्ट डा.अजित खनालले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री