नेपाललाई साढे १६ अर्ब अनुदान दिने चिनियाँ घोषणा

काठमाडाैँ । चीनले नेपाललाई १ अर्ब युआन (करिब साढे १६ अर्ब रुपैयाँ) अनुदान सहयोग दिने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको अवसर पारेर सोमबार चीनले यस्तो घोषणा गरेको हो।

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच सोमबार दुई पक्षीय भेटवार्ता भएसँगै चीनले यस्तो घोषणा गरेको थियो।

बेइजिङस्थित नेपाली राजदूतावासले चीनले नेपालमा सञ्चालन गरेका विभिन्न परियोजना, नेपालको उत्तरी क्षेत्रका जनताको जीवनस्तर बृद्धि, भूकम्पले पुर्याएपछिको पुनर्निर्माण लगायतका कार्यमा खर्च हुने गरि यो अनुदान दिइएको जनाएको छ।

चीनले सहयोगको यस्तो घोषणा गर्नुअघि बेइजिङमा नेपाल–चीनबीच विभिन्न सात वटा सहमति–समझदारी भएका थिए। तिनैमा समेटिएका योजनाहरुलाई सहयोग पुग्ने गरी बेइजिङले सहयोगको घोषणा गरेको हो।

द्विपक्षीय वार्ताका क्रममा राष्ट्रपति सीले बेल्ट एण्ड रोड (बीआरआई) परियोजनामा र बीआरआईको दोस्रो बैठकमा नेपाल सहभागी भएकोमा खुसी व्यक्त गरेका थिए।

ग्रेट हल अफ दि पिपुलमा भएको सो भेटवार्ताका क्रममा दुई शीर्ष नेताहरुबीच द्विदेशीय सम्बन्धलाई अझ मजवुत र आपसी सहयोगलाई अझ अभिबृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो।

त्यसक्रममा राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो फोरम सफलतापूर्वक सम्पन्न भएकोमा राष्ट्रपति सीलाई बधाई दिएकी थिइन् र बीआरआईका कारण कनेक्टिभिटी र पूर्वाधार निर्माणमार्फत् आर्थिक विकासको लक्ष्य हासिल हुने विश्वास व्यक्त गरेकी थिइन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उच्च बिन्दुबाट तल झर्न थाल्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उच्च विन्दुबाट निरन्तर घट्न थालेको छ । साताको तेस्रो …

प्रतिकृया दिनुहॊस

This will auto close after