सिन्धुली । ग्लोबल आइएमई बैंकले प्रदेश नं. ३ को सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
सिन्धुली शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३७ पुगेको छ ।
सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तवरले सबै प्रकारका बैंकिङ्ग सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस