सिद्धार्थ बैंकले एकैसाथ विस्तार गर्यो ४ नयाँ शाखा

काठमाडौं । सिद्धार्थ बैंकले २०७६ वैशाख १६ गते सोमबार मोरङको कञ्चनबारी, रूपन्देहीको अमरपथ, झापाको राजमार्ग चोक र काठमाडौंको कपनमा ४ नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after