गरिमा विकास बैंकको शाखा सूर्यविनायकमा

काठमाडौं । गरिमा विकास बैंकले  सूर्यविनायक, भक्तपुर शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कँडेलले गरेका हुन् ।

काठमाडौँको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन् ।

विकास बैंकले निकट भविष्यमा नै देशकाविभिन्न स्थानमा थप १५ शाखाकार्यालय स्थापना गर्ने जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैङ्कद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण (तस्वीरहरु)

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लागि राहत …

प्रतिकृया दिनुहॊस