सलमान र रणवीरको भिडन्त टर्‍यो , सर्‍यो ‘ब्रह्मास्त्र’को रिलिज मिति

काठमाडाैँ । सलमान खान अभिनित ‘दंबग ३’ तथा रणवीर कपुर स्टारर ‘ब्रह्मास्त्र’को सम्भावित भिडन्त टरेको छ।

दुबै सिनेमाले यसै वर्ष २० डिसेम्बरलाई आफ्नो रिलिज मिति तोकेका थिए। ‘ब्रह्मास्त्र’का निर्माताले सिनेमाको रिलिजलाई आगामी वर्षको गर्मीसम्मका लागि सारिएको औपचारिक घोषणा गरेपछि यी दुईको सम्भावित भिडन्त टरेको हो।

निर्माणपक्षले सिनेमा भलाईका लागि रिलिज सारेको जनाएका छन्। सिनेमाको भिएफक्समा कुनै सम्झौता नगरिने भएपछि रिलिज मिति सारेको निर्माण पक्षले बताएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री