काठमाडाैँ । भारतीय लोकसभाको निर्वाचन अन्तर्गत सोमबार चौथो चारणका लागि नौ राज्यमा ७१ सिटका लागि मतदान भइरहेको छ। सबैभन्दा बढी महाराष्ट्रमा १७ सिटका लागि मतदान भइरहेको छ। त्यस्तै राजस्थान र उत्तर प्रदेशमा समान १३–१३ सिटका लागि मतदान भइरहेको हाे। पश्चिम बंगालमा आठ सिट र उडिसा र मध्य प्रदेशमा समान ६–६ स्थानमा मतदान जारी छ।
त्यस्तै बिहारका पाँच झारखण्डको तीन र जम्मु काश्मिरको एक सिटका भारतीय जनताले आफ्नाे मताधिकार प्रयाेग गरिरहेका छन्। चौथाे चरणको निर्वाचनमा मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथका छोरा नकुल नाथ सबै भन्दा धनी उम्मेदवार बनेका छन्। उनको सम्पत्ती ६ सय ६० करोठ छ भने राजस्थानको झालाबाडाबाट उम्मेदवार बनेका निर्दलियय उम्मेदवार प्रिन्स कुमार सबै भन्दा गरिब उम्मेदवार चुनावी मैदानमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको कुल सम्पत्ति पाँच सय रहेको छ।
चौथो चरणमा बलिउड अभिनेत्री उर्मिला मातोंडकर र कन्हैया कुमार पनि चुनावी मैदानमा छन्। मातोड्करलाई कांग्ररेसले उम्मेदवार बनाएको छ भने कुमार सीसीआईका उम्मेदवार हुन्। त्यस्तै आरजेडी उम्मेदवार तनवीर हसन र बिजेपी नेता गिरिराज सिंहको चौथो चरणमा चर्चा रहेको छ। चौथो चरणको निर्वाचनमा भारतीय धनाड्य अनिल अम्बानीले पनि आफ्नो मताधिकार प्रयोग गरेका छन्।




