काठमाडौं । नबिल बैंकले महानगरीय प्रहरी बृत्त दरबारमार्गलाई सहयोग स्वरुप ईलेक्ट्रोनिक डिजिटल डिस्प्ले बोर्ड र एलइडी टेलिभिजन हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले उक्त सहयोग बृत्तका प्रहरी नायब उपरिक्षक तिलक भारतीलाई हस्तान्तरण गरेका छन् ।उक्त सामाग्रीहरु प्रभावकारी सीसीभी मनिटरिङ र सामाजिक जागरुकता बढाउने सन्देशहरु प्रसारण गर्नका लागि प्रदान गरेको बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




