यूवराजको ‘लटर पटर’ सार्वजनिक (भिडियाे)

काठमाडाैँ । गायक यूवराज चौलागाई र गायिका अनुष्का पाठकको स्वरमा समावेश ‘लटर पटर’ बोलको गीत सार्वजनिक भएको छ । दिपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाको शब्द छ ।

गीतको भिडियोलाई केही फरक बनाउने प्रयास गरिएको छ । गायक चौलागाइले समेत गीतमा मोडलिङ गरेका छन् । साथमा गीतमा नायिका प्रियंका कार्की र मोडल सुनिल क्षेत्रीको मोडलिङ छ ।

गम्भिर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नविन निरौलाको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । गायक चौलागाइले ‘हारे हारे’ बोलको गीतबाट दर्शकमाझ आफूलाई परिचित गराएका थिए ।

‘लटर पटर’ गीतलाई आफूले आफ्नो शैली र बजारमा चलेको शैलीलाई मिसाएर बनाएको गायकले बताए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds