राजस्थानद्वारा हैदरावाद पराजित, चेन्नई प्ले अफमा

एजेन्सी । घरेलु टोली राजस्थान रोयल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार भएको खेलमा राजस्थानले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो ।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । राजस्थानको जितमा सन्जु सामसनले अविजित ४८ रन जोड्दा लिआम लिभिङस्टोनले ४४ रन बनाए । यस्तै अजिंकाले रहानेले ३९ रन जोड्दा कप्तान स्टिभ स्मिथले २२ रन बनाए ।

हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक एक विकेट लिए  । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो । हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डेभिड वार्नरले ३७ तथा राशिद खानले अविजित १७ रन बनाए । कप्तान केन विलियम्सन १३ रनमा आउट भए ।

राजस्थानका भरुण आरोन, ओसाने थोमस,श्रेयस गोपाल र जयदेव उनाडकटले समान २/२ विकेट लिए । यो जितसंगै राजस्थानले हैदरावादसंग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस सिजनको पहिलो भेटमा हैदरावादले राजस्थानलाई ५ विकेटले हराएको थियो ।

जितपछि राजस्थान १२ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । चौंथो स्थानको हैदरावादले ११ खेलबाट १० अंक जोडेको छ ।राजस्थानले हैदरावादलाई पराजित गरेसंगै चेन्नई प्ले अफमा पुग्न सफल भएको छ । शीर्ष स्थानको चेन्नईले १२ खेलबाट १६ अंक जोडेको छ । योसंगै चेन्नई जारी आईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउण्डरतर्फ दोस्रो …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds